शून्यको मूल्य: सास, साहस र स्नेहको कथा by Nawaraj KC
Category: विविध ज्ञान तथा साहित्यिक पुस्तकहरू | Books & Literature
Product Description
Shunyako Mulya by Nawaraj KC
Awards:
Uttam Shanti Puraskar, 2079 BS Winner
Nominations:
Padmashree Sahitya Puraskar, 2079 BS
Pahichan Puraskar, 2079 BS
पछिल्लो बाहिरी पृष्ठबाट: एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ? सायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् । पुस्तक सकिसकेपछि म अबेरसम्म टोलाइरहें । पात्रहरू यसरी हृदयमा बसेछन् कि, जाँदै जाँदैनन् । मलाई लाग्छ, लामो समयसम्म ती मसितै रहनेछन् । यसमा कथा मात्रै छैनन्, एउटा कथापछाडि कति धेरै पृष्ठभूमि हुन्छन्, तिनलाई लेखकले असाध्यै मीठो जनबोलीमा प्रस्ट्याएका छन् । यस्ता पुस्तक बिरलै लेखिन्छन्, किनभने सबै लेखक ती पात्रसम्म पुग्न नसक्लान् । सबै लेखकसित त्यति गहिराइमा पुग्ने सामर्थ्य पनि नहोला । र सबै लेखकसित त्यो हृदय पनि नहोला, जो यस पुस्तकका लेखकसित छ।