Maharani महारानी by Chandraprakash Baniya
Category: विविध ज्ञान तथा साहित्यिक पुस्तकहरू | Books & Literature
Product Description
Awards Madan Puraskar, 2076 BS Winner
तीन शताब्दिअघिको बाइसेचौबिसे राज्यमध्ये एकको इतिहासमा स्थापित भातृद्वन्द्व, सत्ता र प्रेममा आधारित एक कुशल उपन्यास ।
बानियाँको उपन्यासले पृथ्वीनारायण शाहको समयभन्दा अघिको अस्तित्वमा रहेको पर्वत राज्यका राजा घनश्याम र उनका उत्तराधिकारी चयनसँग जोडिएको विवादको कथा प्रस्तुत गर्छ।
राजा घनश्यामका दुई छोरा मलेबम र भद्रिबम पर्वतको राजगद्दीका लागि प्रतिस्पर्धा गर्छन्। मलेबम उमेरमा जेठा थिए भने भद्रिबम गर्भधारणका हिसाबले पहिलेका भए पनि जन्म भने पछि भएको थियो।
राजा घनश्यामले मलेबमलाई आफ्नो उत्तराधिकारी घोषणा गरेपछि भद्रिबमले विद्रोह गर्छन्। तर सबैलाई आश्चर्यमा पार्दै भद्रिबमकी पत्नीले भने मलेबमलाई समर्थन गर्छिन् र भद्रिबमबाट पर्वत राज्यलाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छिन्।
पर्वत राज्यलाई बचाउन उनले पुर्याएको योगदानको सम्मानस्वरूप दरबारले उनलाई ‘महारानी’को दर्जा प्रदान गर्छ। तर उनले कसैलाई जानकारी नदिई संन्यास ग्रहण गरेर वृन्दावनतर्फ प्रस्थान गर्छिन्। त्यसयता पर्वतवासीहरूले उनलाई ‘महारानी’का रूपमा श्रद्धापूर्वक पूजा गर्दै आएका छन्।
उपन्यासले यस ऐतिहासिक कथासँगै पर्वतका जनताको जीवनशैली, तत्कालीन न्याय व्यवस्था र राज्यको राजनीतिलाई समेत चित्रण गरेको छ।