गल्ली संसार by Roshan Sherchan
Category: विविध ज्ञान तथा साहित्यिक पुस्तकहरू | Books & Literature
Product Description
Galli Sansar by Roshan Sherchan
Awards Uttam Shanti Puraskar, 2080 BS Winner
Nominations Padmashree Sahitya Puraskar, 2080 BS
पछिल्लो बाहिरी पृष्ठबाट: वन-पाठशालाबाट निस्किएका यायावार हुन्- रोशन शेरचन; जसले निर्जीव-अक्षरहरूलाई सजीव-निबन्ध बनाउँछन् । कतै मानव-प्रकृतिको अन्तरसम्बन्ध, सहअस्तित्व र संरक्षणलाई साहित्यसँग जोड्दै रैथाने तथा आदिवासी बिरुवा र संस्कृतिको बखान गर्छन् भने कतै लेखनलाई आत्मसङ्घर्ष मान्दै आफूलाई प्रभाव पारेका पुस्तक र मनपर्ने लेखकबारे लेखेर मुक्त हुन्छन्। कतै सङ्गीतका सुरहरूमा स्वतन्त्रता र विश्वकलाको मानक खोज्ने शिल्पीहरूका लय, यति, गति र मात्राहरूलाई मापन गर्छन् भने कतै सङ्घर्ष, पीडा, भ्रम, ऐकान्तिकता, कोलाहल र आशाको गल्लीलाई 'गल्ली संसार' बनाउँछन् । निबन्धलाई कथा वाचनकै एक माध्यम मान्ने शेरचनले यथार्थवादी धार र अनौपचारिक भाषाशैलीमा यस सङ्ग्रहका निबन्धमा निबन्धीय-स्वर्णलेपन गरेका छन्। विषयवस्तुको विविधता, बौद्धिक–वैचारिकी, भाषिक-लालित्य र लेखकीय इमानदारीका निम्ति 'गल्ली संसार' निबन्धसङ्ग्रह सदा स्मरणीय रहनेछ।